कारोबार


जापानी भाषा परीक्षाको फर्म खुल्यो, खल्तीबाट परीक्षा शुल्क तिर्न सकिने

जापानी भाषा परीक्षाको फर्म खुल्यो, खल्तीबाट परीक्षा शुल्क तिर्न सकिने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ११:४२,

आगामी जुलाई ५ मा सञ्चालन हुनलागेको जापानी भाषाको परीक्षा जेएलपीटीको आवेदन फर्म आज मार्च ५ देखि खुलेको छ।

उक्त परीक्षाको शुल्क अब खल्ती वालेट प्रयोग गरी अनलाइनमार्फत नै तिर्न सकिने भएको छ। खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान)सँग सहकार्य गरी परीक्षाको शुल्क अनलाइनबाटै तिर्न मिल्ने सुविधा ल्याएको हो।

लेभल एन१देखि एन५सम्मका फर्ममध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ। परीक्षा शुल्क तीन हजार रुपैयाँ लाग्नेछ।

जापान नेपाली युवाहरुको रोजाईमा रहेको एक आकर्षक शैक्षिक गन्तव्य हो। हरेक वर्ष उच्च शिक्षाका लागि दशौँ हजार विद्यार्थी जापान प्रस्थान गर्ने गर्छन् । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टानको कार्यालय भृकुटीमण्डप नै पुगेर घण्टौँ लाइन बसी शुल्क तिर्ने झन्झट गर्नुपथ्र्याे। सोही समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरेको जनाएको छ।

अब परीक्षार्थीले अन्लाईन फर्म गरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेन्ड्मै शुल्क भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad