कारोबार


चौथो वर्ष प्रवेशको अवसरमा एनआईसी एसिया क्यापिटलले सेवामा छुट दिने

चौथो वर्ष प्रवेशको अवसरमा एनआईसी एसिया क्यापिटलले सेवामा छुट दिने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ११:३५,

एनआईसी एसिया क्यापिटल लिमिटेड स्थापनाको चौथो वर्ष प्रवेश गरेको छ। सोही अवसरमा कम्पनीले आफ्ना सेवामा छुट दिने घोषणा समेत गरेको छ।

कम्पनीले यही फागुन २२ गते सञ्चालनको तीन वर्ष पार गरी चौथो वर्ष प्रवेश गरेको हो। सञ्चालनमा आएको छोटो समयमा नै मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको उसले दाबी गरेको छ।

कम्पनीले तीन वर्षमा मर्चेण्ट बैंकरहरुमध्ये पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित क्यापिटल हुन सफल रहेको, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता भएको, लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक आईपीओ ३७ घण्टामा बाँडफाँट गर्न सफल भएको लगायतका उपलब्धि हात पारेको छ।

त्यस्तै सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर सञ्चालन गरिरहेको, सेयर रजिष्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजारभन्दा बढी सेयरधनीहरुलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको, म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजनामार्फत ३५ हजारभन्दा बढी इकाइधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको समेत जनाएको छ।

कम्पनीले नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरेको पनि जनाएको छ।

छुट योजना घोषणा
यसैबीच, क्यापिटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ।

यसअन्तर्गत फागुन २२ गतेदेखि मिति २०७७ असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ।

साथै यही फागुन २२ गतेदेखि चैत मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad