ad ad

कारोबार


निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह– अब गुनासोबाट बाहिर निस्कनुस्

निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह– अब गुनासोबाट बाहिर निस्कनुस्

नेपालखबर
भदौ १६, २०८१ आइतबार १२:३९, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन्।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताए। 

तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको उनको भनाइ छ। 

‘अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ। म आग्रह गर्न चाहन्छु। सरकारले सुन्दैन थियो भने, यहाँहरुका समस्यालाई सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने त्यतिबेला गुनासको प्रयोजन हुन्थ्यो पनि होला,’ अर्थमन्त्री पौडेलले भने, ‘अहिलेको सरकार सुन्न तयार छ। सुन्न मात्रै होइन, समाधान गर्न तयार छ। निजी क्षेत्रका समस्या सुनेर समाधान गर्नका निम्ति सरकार तयार छ भन्नेकुरा हाम्रा पछिल्ला अभ्यासले पनि प्रमाणित गरेको छ।’

निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन आग्रह गर्दै अर्थमन्त्री पौडेलले सरकारले यदी सुनेको नपुगेको भए अझै सुन्न तयार रहेको र सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार रहेको उल्लेख गरेका छन्।

‘गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ। निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ। सरकारले यदी सुनेको पुगेको छैन भने अझै सुन्न तयार छ। सरकारले गरेको सम्बोधन पुगेको छैन भने अझ उचाईबाट सम्बोधन गर्न तयार छ। जहाँसम्म संसदमा विचाराधिन कानूनको कुरा छ, निजी क्षेत्रका साथीहरूले छलफलमा भाग लिन चाहनुभएको छ, उहाँहरूका सुझाव स-शरीर उपस्थित भएर हामीले सुनौँ र त्यसमा उहाँहरुका सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गरौँ भन्ने प्रस्ताव म अर्थ समितिको सभपतिज्युलाई पनि राख्नेछु,’ अर्थमन्त्री पौडेलले भने।

उपप्रधानमन्त्री पौडेलले संसदमा विचाराधिन कानूनको बारेमा समितिमा निजी क्षेत्रसँग एक पटक छलफल गरेर सुझाव ग्रहण गरी कानुनहरू निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .