ad ad

समाज


वडाध्यक्षलाई कसैले मारेर सुताएको जस्तो देखिन्छ: माओवादी केन्द्र

माओवादीले गरेको आशंका र सार्वजनिक गरेको विवरण यस्तो छ
वडाध्यक्षलाई कसैले मारेर सुताएको जस्तो देखिन्छ: माओवादी केन्द्र

नेपालखबर
भदौ १६, २०८१ आइतबार १२:४३, महाेत्तरी

महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेश यादवको मृत्यु सवारी दुर्घटनामा नभएको आशंका गर्दै माओवादी केन्द्रले घटना विवरण सार्वजनिक गरेको छ। 

३५ वर्षीय यादवको भदौ ९ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका-८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो। 

यादवको मृत्युलाई त्यतिबेलै स्वाभाविक नमानेको माओवादी केन्द्र महोत्तरीले शवको पोष्टमार्टमसमेत स्थानीय अस्पतालमा गर्न मानेको थिएन। यादवको शवको टिचिङ अस्पताल काठमाडौँमा पोस्टमार्टम गरिएको थियो। 

माओवादी केन्द्रले शनिबार महोत्तरीमा पत्रकार सम्मेलन गरेर यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट नभएको दाबी गर्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ।

१६ बुँदामा घटना विवरण सार्वजनिक गरेको माओवादीले केही व्यक्तिमा केन्द्रीत भएर घटनाको अनुसन्धान गर्न पनि प्रहरीलाई आग्रह गरेको छ।

‘घटनाको प्रकृति हृर्दा त्यो दुर्घटना स्वाभाविक देखिँदैन,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘हामीले महोत्तरी प्रहरीसँग घटनाको गहिरो छानविन गर्न माग गरेका छौँ। घटनास्थलमा पुगेका कसैले पनि यो घटनालाई स्वाभाविक सवारी दुर्घटना मानेका छैनन्। त्यो सुनियोजित हत्या जस्तो देखिन्छ।’

महोत्तरीको रामगोपालपुर घर भएका संजिब झामाथि केन्द्रीत भएर घटनाको अनुसन्धान अघि बढाउन पनि माओवादीले माग गरेको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताए। 

‘पीडित पक्षले आशंका गरेकाहरुलाई निगरानीमा राखेर हामीले घटनाको अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘पीडित पक्षसँग समन्वय गरेर सबै पाटोबाट हामी घटनाको अनुसन्धान अघि बढाउने छौँ।’

यस्तो छ माओवादीको आशंका र घटनाको विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .