काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ।
पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी इकाइको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो। पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सो सेवा केन्द्रमा पर्यटकहरुलाई सूचना दिने गरी हटलाइन सेवा र अनलाइन सेवाको पनि बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिहरुले सहज बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्न लागि आवश्यक सूचना केन्द्रहरुको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताए। उनले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गरे।
सूचना केन्द्रमा पर्यटकहरुको लागि आवश्यक सूचना लिन निःशुल्क रुपमा ११४४ नम्बरको हटलाईन सेवा लिन सकिने व्यवस्था पनि गरिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया