जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदेश नं. ५ अन्तर्गत बुटवलमा ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ।
उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो। सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो।
३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
3
Shares

प्रतिक्रिया