ad ad

कारोबार


निर्माण क्षेत्रको समस्यामा सरकार आगो तापेर बस्दैन : अर्थमन्त्री पौडेल

निर्माण क्षेत्रको समस्यामा सरकार आगो तापेर बस्दैन : अर्थमन्त्री पौडेल

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १५:२३, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन्।

शुक्रबार निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए। 

निमार्ण व्यवसायीहरूले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको उनको भनाइ थियो। सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्यांक आएको उनले बताए। 

साथै, सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने र निमार्ण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउने उनले प्रतिवद्धता जनाए।

‘निमार्ण क्षेत्रले समयमा निर्माण सम्पन्न र गुणस्तरीय काममा ध्यान दिनुस्। निमार्णसँग जोडिएका समस्या समाधान सरकार लाग्छ। निमार्ण क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाउँछौँ। निमार्ण क्षेत्रमा ठूलो समस्या छ। निर्माण क्षेत्रका समस्याको आगो तापेर बस्दैन,’ अर्थमन्त्री पौडेलले भने, ‘समस्या समाधान गरेर अघि बढ्छ। भुक्तानी समाधान गर्ने छलफल गरिरहेका छौँ। सम्पन्न भएको आयोजना भुक्तानी रोकिँदैन। १५ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ। भुक्तानी लिने प्रक्रिया पूरा गर्न आवश्यक छ।’

भेटका क्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरेका थिए। त्यसको लागि बैंकहरुलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्ने माग उनले राखे।

अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजीकरण गर्न समेत आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .