ad ad

कला


‘सक्किगोनी’को टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने

‘सक्किगोनी’को टिमले चलचित्र  ‘लाज शरणम्’ बनाउने

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १५:२६, काठमाडौँ

चर्चित टेलीश्रृंखला ‘सक्किगोनी’ टिमले ‘लाज शरणम्’ बनाउने भएका छन्।

यस सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर फिल्मको औपचारिक निर्माण घोषणा गरिएको छ।

यस फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्। सुदीप बरालको छायांकन रहने यस फिल्मबाट मुकुन्द श्रेष्ठ १२ वर्षपछि नेपाली फिल्ममा कमव्याक गर्दैछन्।

जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलले फिल्मको लेखन तथा निर्देशन गर्नेछन्। सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताको रुपमा रहेका छन् ।

सक्किगोनी टिमबाट को को कलाकार रहने र अन्य कलाकारहरु विस्तारै सार्वजनिक गरिने बताइएको छ। यो फिल्म आगामी वर्षको फागुन १४ गते अर्थात् महाशिवरात्रीको अवसरमा रिलिज हुनेछ।

फिल्मको निर्माण घोषणा कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्यदेखि दीपाश्री निरौला, प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा लगायतका चलचित्रकर्मीहरुको उपस्थिति थियो। यस्तै घोषणा कार्यक्रममा कट्टेलको जन्मदिन समेत सेलिब्रेसन समेत गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .