ad ad

कारोबार


द द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

अम्बिका श्रेष्ठ


नेपालखबर
साउन ३, २०८१ बिहिबार १२:४८, काठमाडौँ

काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। 

श्रेष्ठको ९२ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

निमोनिया र बाथरोगबाट पीडित उनी २ महिनायता उपचाररत थिइन्। 

उनी १ छोरी र २ नातिसँगै बस्दै आएकी थिइन्। 

श्रीमान् द्वारिकादास श्रेष्ठको सपना पूरा गर्न उनले द्वारिकाज होटल सञ्चालनमा ल्याएकी थिइन्। 

सन् १९६४ बाटै भवन निर्माण गर्न थाले पनि सन् १९७७ मा द्वारिकाज होटल दर्ता गरेकी थिइन्। 

उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित समेत भएकी थिइन्।

महिला उत्थान र हेरिटज संरक्षणमा ५ दशक बिताएकी उनी फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन्।

परिवारका सदस्य जम्मा भएपछि पशुपतिमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतको भनाइ छ। 

नेपालखबर अर्काइभ :  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .