ad ad

समाज


खोल्सामा २४ वर्षीय युवकको शव फेला परेको ३ दिनपछि पक्राउ परे जिप चालक

खोल्सामा २४ वर्षीय युवकको शव फेला परेको ३ दिनपछि पक्राउ परे जिप चालक

नेपालखबर
साउन ३, २०८१ बिहिबार १३:३, काभ्रे

चार दिनअघि काभ्रेमा एक युवकको ज्यान जाने गरी भएको एउटा दुर्घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जिप चालकलाई पक्राउ गरेको छ। 

गएको असार ३० गते पनौती नगरपालिका- ५ पुन्यमाता खोलामा बनेपाबाट पनौती तर्फ जादैँ गरेको प्रदेश ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइकल चालक मृत फेला परेका थिए। 

सडकबाट झण्डै ६ मिटर तल खोल्सामा मोटरसाइकल खस्दा नमोबुद्ध नगरपालिका- १ बस्ने  २४ वर्षीय दिपेन्द्र खड्काको मृत्यु भएको अवस्थामा शव फेला परेको थियो। 

खड्का मृत फेला परेपनि त्यतिबेला प्रहरीले उक्त घटनामा संलग्न अर्को सवारी साधन फेला पार्न सकेको थिएन।

अनुसन्धानको क्रममा पनौतिबाट बनेपातर्फ आउदै गरेको बा ७ च ८६२१ नम्बरको जिपले ठक्कर दिँदा खड्काको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।  

प्रहरीले बुधबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १ घर भएका २६ वर्षीय भेषराज चौलागाईँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। चौलागाईँले चलाएको जिपको ठक्करबाट खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .