ad ad

कारोबार


वर्तमान समयानुकूल पर्यटन नीति बनाउँछु : पर्यटन मन्त्री पाण्डे

वर्तमान समयानुकूल पर्यटन नीति बनाउँछु : पर्यटन मन्त्री पाण्डे

नेपालखबर
असार ३१, २०८१ सोमबार १७:२, काठमाडौँ

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन्।

सोमवार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए। उनले अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिनेगरी कार्यगत शर्त तोकिएको बताए।

निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कलंक नलाग्ने किसिमले देश र पर्यटन मन्त्रालयको सेवा गर्ने उनको भनाई छ।

उनले भने, ‘निष्ठा र इमानको राजनीतिलाई कुनैपनि किसिमको कुनै पनि कलंक नलाग्ने किसिमले देश र पर्यटनमन्त्रालयको सेवा गर्न चाहन्छु। जनताले भ्रष्टाचारको न्युनिकरण खोजिरहेका छन्। सुशासनको प्रत्याभुति खोजिरहेका छन्। युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेका छन्। सबैको चिन्ता कम गर्ने दिशामा सरकार जानुपर्नेछ।’

मन्त्री पाण्डेले जनताले भ्रष्टाचारको न्युनिकरण गरीसुशासनको प्रत्याभुति खोजिरहेको बताए। उनले युवाहरु देशभित्र भविष्य खोज्ने चिन्तामा रहेको भन्दैसबैको चिन्ता कम गर्ने दिशामा सरकारले काम गर्ने बताए।

ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउने उनको धारणा छ।
 
मन्त्री पाण्डेले भने, ‘ठूलो लगानी गर्ने वातावरण बनाउनसके मात्रै पर्यटकहरु मुलुकभित्र आउन सक्छन्। हाम्रा इन्जिनहरुलाई ठिक ठाक बनाएर सर्भिसिङ गर्नुपर्छ। नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ। पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने बनाउने गरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्नेछ। पर्यटन नीति सुधार गर्नेगरी कार्यदल गठन गर्नेगरी परिर्माजन गर्नेछौं।’

उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको भन्दै आगामी दिनमा सोहीअनुसार काम गर्ने बताए। पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी सिर्जनशिल र रचनात्मक रुपमा काम गर्ने उनको प्रतिवद्धता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .