कारोबार


लगानीको क्रान्ति रोल्पाबाटै शुरु हुन्छः मन्त्री पुन

लगानीको क्रान्ति रोल्पाबाटै शुरु हुन्छः मन्त्री पुन

नेपालखबर
फागुन १४, २०७६ बुधबार १५:३२,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्रान्तिको शुरुआत पनि रोल्पाबाटै हुने बताएका छन्।

लिबाङमा आज आयोजित ‘रोल्पा लगानी सम्मेलन २०७६’ कार्यक्रममा मन्त्री पुनले रोल्पा कृषि, पर्यटन, जलविद्युत् र खानीको लागी राम्रो सम्भावनाको जिल्ला भएको हुँदा यी क्षेत्रमा लगानीका लागी स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरे। जिल्ला राजनीतिक केन्द्र भएर देशमै चिनिएको र अब विभिन्न उद्योग कलकारखानालगायत विकासको केन्द्रको रुपमा चिनाउनुपर्ने समय आएको बताए।

सबै रोल्पाली कुनै न कुनै विधाको व्यवसायी बन्न आग्रह गरे। प्रतिनिधिसभा सदस्य एवं शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलगायत उपस्थिति थियो।

रोल्पा नगरपालिकाको आयोजना, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको सहआयोजना र जिल्ला समन्वय समिति रोल्पाको समन्वयमा लगानी सम्मेलनको आयोजना गरिएको हो। जिल्लामा जलविद्युत्, कृषि, पर्यटन र खानीमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ। सम्मेलन बिहीबारसम्म चल्नेछ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad