समाज


अन्टार्कटिकाबाहेक सबै महादेशमा पुग्यो कोरोना संक्रमण

अन्टार्कटिकाबाहेक सबै महादेशमा पुग्यो कोरोना संक्रमण

नेपालखबर
फागुन १४, २०७६ बुधबार १५:१४,

दक्षिण अमेरिका महादेशमा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन्। ब्राजिलका स्वास्थ्यमन्त्रीले इटली भ्रमणबाट फर्केका एक ६१ वर्षीय नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

ती व्यक्ति साओ पाओलाका हुन्।

मन्त्ती लुइज एनरिके म्यान्डेट्टाका अनुसार ती व्यक्ति शनिबार ब्राजिल आइपुगेका थिए। त्यसपछि उनले परिवारसँग सप्ताहन्त बिताएका थिए।

सोमबार लक्षण देखिएपछि उनी अस्पताल पुगेका थिए।

चीनको वुहानबाट फैलिएको कोरोना अहिले दर्जनौँ मुलुकमा पुगिसकेको छ। पछिल्लो समय इटलीबाट युरोपेली मुलुकमा संक्रमण फैलिएको पाइएको छ।

यससँगै अन्टार्कटिकाबाहेक सबै महादेशमा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ।

अफ्रिकी मुलुक अल्जेरिया र इजिप्टमा पनि कोराना संक्रमित भेटिएको जनाइएको छ।एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad