ad ad

कारोबार


शनिबारदेखि सुरु भएको युरो २०२४ डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने

शनिबारदेखि सुरु भएको युरो २०२४ डिसहोमको एचडी क्वालिटीमा हेर्न सकिने

नेपालखबर
असार २, २०८१ आइतबार १०:१८, काठमाडौँ

युरो २०२४ शनिबारदेखि सुरु भएको छ। शनिबार पौने १ बजे जर्मनी र स्कटल्याण्डको खेलसँगै युरो २०२४ को सुरुआत भएको हो। युरोपका २४ टिमको सहभागिता रहने प्रतियोगिताका खेलहरू डिसहोमको एचडी क्वालिटीमा प्रसारण भइरहेका छन्।

साथै, यसको प्रत्यक्ष प्रसारण सोनी नेटवर्कमार्फत भइरहेको छ। जुलाई १४ तारिखसम्म चल्ने युरोमा ६ समूह बनाइएको छ। समूह ‘ए’ मा जर्मनी, स्कटल्यान्डसँगै हङ्गेरी र स्विटजरल्यान्ड छन्। समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन्।

समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्बिया र इङ्गल्यान्ड छन् । समूह ‘डी’मा नेदरल्यान्ड, अस्ट्रिया, फ्रान्स र पोल्यान्डलाई राखिएको छ। त्यस्तै, समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन छन् भने समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .