ad ad

समाज


चितवनमा हतियार देखाएर लुटियो ३ किलो सुन, २५ किलो चाँदी र २ लाख नगद

सुनचाँदी लुटेपछि लुटेराले सीसीटीभीको डिभाइससमेत लगे
चितवनमा हतियार देखाएर लुटियो ३ किलो सुन, २५ किलो चाँदी र २ लाख नगद

सुनिता विष्ट
असार २, २०८१ आइतबार ११:५, हेटौँडा

चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट भएको छ। 

शनिबार राति ८ बजेतिरको समयमा अज्ञात समूहले स्थानीय बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो। 

लुटेरा समूहले सीसीटीभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेका प्रहरीले जनाएको छ।

पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

घटनापछि प्रहरी टोलीले पसलको अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएकोमध्येको ७७६.८१ ग्राम सुन पसलमै फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए। 

हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरेकोमा शनिबार सुनचाँदी पसल भने खुला थियो। 

पसल बन्द गर्ने समय पारेर लुटपाट गरिएको आशंका प्रहरीले गरेको छ। पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको पाइएको र थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख रिमालले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .