इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गर्ने भएकाे छ। कम्पनीले उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा क्लासिक प्रभु टिभीको नाममा बजारमा ल्याएको हाे।
यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ। हाल यो सेवा काठमाडौँ उपत्यकालगायत प्रायः सबैजसो सहरहरुमा उपलब्ध गराइएको छ।
अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्किम "आयो है आयो" बजारमा आएको छ।
कम्पनीले ३० एमबीपीएस गतिको 'आयो है आयो' प्लान प्रतिमहिनाको दरमा ९ सय रूपैयाँ वार्षिक शुल्कमा ग्राहकहरुलाई उपलब्ध गराउने भएको हाे। टिभीको सुविधा नि:शुल्क प्रदान गर्ने भएको छ। नेपालमा यति कम मूल्यमा इन्टरनेट तथा टिभीको सुविधा उपलब्ध गराइएको यो पहिलो पटक हो।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएकाे छ।

प्रतिक्रिया