ad ad

कारोबार


मोदीलाई बधाई दिँदै चौधरीले भने : नेपाल–भारत सम्बन्धले मित्रताको नयाँ उचाइ लेओस्

मोदीलाई बधाई दिँदै चौधरीले भने : नेपाल–भारत सम्बन्धले मित्रताको नयाँ उचाइ लेओस्

नेपालखबर
जेठ २७, २०८१ आइतबार १८:०, काठमाडौँ

नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ तेस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपथ लिँदै छन्। 

उनको शपथ समारोहमा छिमेकी देशका राष्ट्र र सरकार प्रमुख समेत सहभागी छन्। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत पुगिसकेका छन्। 

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीलाई पनि समारोहमा उपस्थितिको लागि निम्तो आएको छ। 

चौधरीले खुसी व्यक्त गर्दै व्यक्तिगत रुपमा प्रधानमन्त्री मोदी र मन्त्रिपरिषदका सदस्यलाई बधाइ ज्ञापन गरेका छन्। 

ट्विटरमा निम्तो पत्र सार्वजनिक गर्दै चौधरीले शपथ समारोहमा निम्तो आएकोमा विनम्रता दर्शाएका छन्। 

चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले भारतमा पनि उल्लेख्य लगानी गरेको छ।

प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै चौधरीले नेपाल र भारतको मित्रताले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्। मोदीको नेतृत्व र समर्पणले भारतीय आर्थिक समुन्नतिलाई आकार दिएको भन्दै चौधरीले प्रशंसा समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .