हङकङमा कोरोनाभाइरसका कारण ५७ हजार बेरोजगार बने

हङकङमा कोरोनाभाइरसका कारण ५७ हजार बेरोजगार बने

नेपालखबर
फागुन १२, २०७६ सोमबार १२:३२,

हङकङ सरकारको आधिकारिक जानकारीअनुसार हङकङमा हालसम्म ७९ जना कोरोनाबाट संक्रमित बन्दा २ जनाको मृत्यु भएको छ।

चीनको वुहान शहरमा गत डिसेम्बरदेखि देखिएको कोरोना जनवरीमा पहिलोपटक हङकङमा देखिएको थियो।

हाल संक्रमितको संख्या बढ्दै जाँदा यसले हङकङको विकास र व्यापारमा ठूलो प्रभाव पार्न थालेको छ।

कोरोनाको संक्रमणले हङकङको निर्माण उद्योग ठप्प बनेका छन्। निर्माण उद्योग ठप्प हुँदा ५७ हजार निर्माण उद्योगका कामदारले रोजगारी गुमाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हङकङको निर्माण उद्योग कर्मचारी संघका अनुसार कोरोनाका कारण काम ठप्पहुँदा ५७ हजारले काम गर्न पाएका छैनन्। बेरोजगारीको संख्या बढ्दै जाँदा कामदारको परिवारमा खान लाउन गाह्रो हुन थालेको बताइएको छ।

हङकङमा हाल निर्माण उद्योगका क्षेत्रमा २ लाख ५० हजार कामदारले काम गरिरहेको बताइएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .