चालू आर्थिक वर्षको ७ महिनामा नेपालकाे निर्यात झण्डै १२ अर्ब रूपैयाँले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा ५३ अर्ब ७ करोडको निर्यात भएकोमा चालू आवको माघसम्म ६४ अर्ब ९७ करोडको निर्यात भएको हो।
भारतले पाम आयल आयातमा लगाएको रोकको असर यो महिनाको नेपाली निर्यातमा देखिएको छ। तथ्यांकअनुसार अघिल्लो महिनाको निर्यात वृद्धिदर २६.१३ प्रतिशत रहेकोमा माघमा घटेर २२.४ मा झरेको हो।
तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष ३.५ प्रतिशतले आयात घटेको छ। गत वर्ष माघसम्म ८ खर्ब ३३ अर्बको आयात भएकोमा चालू आर्थिक वर्षमा ८ खर्ब ३ अर्ब मात्रै आयात भएको छ। करिब ३० अर्बको आयातमा कमी आएको हो।
आयात घट्नु र निर्यात बढ्नुले व्यापारघाटा पनि ५.३ प्रतिशतले घटेको छ। गत वर्ष ७ खर्ब ८० अर्बबराबरको व्यापार घाटा भएकोमा चालू आर्थिक वर्षको यही अवधिमा ७ खर्ब ३८ अर्बको व्यापारघाटा भएको छ ।
सात महिनामा भारतबाट ४ खर्ब ९६ अर्बको र चीनबाट १ खर्ब ३२ अर्ब मात्रै आयात भएको छ। त्यस्तै, इन्डोनेसियाबा २१ अर्बको, युएई र अमेरिकाबाट क्रमशः १२÷१२ अर्ब आयात भएको छ।

प्रतिक्रिया