दुई दिने भारत भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहमदावादको क्रिकेट रंगशालामा सम्बोधन गर्दै बलिउड र क्रिकेटका प्रशंसा गरेका छन्।
‘बलिउड भनेर चिनिने सिर्जनाको केन्द्रबाट यो मुलुकले वर्षमा दुई हजार फिल्म उत्पादन गर्छ। डीडीएलजे र शोलेजस्ता शास्त्रीय भारतीय फिल्ममा रहेका भांग्रा, संगीत, नृत्य र रोमान्सबाट संसारभरका मानिसले आनन्द लिन्छन्,’ पहिलो पटक भारत भ्रमणमा आएका उनले मोटेरा रंगशालामा भने, ‘तपाईंहरु सचिन तेन्दुलकर र विराट कोहलीजस्ता क्रिकेटरको हौसला बढाउनुहुन्छ।’
यद्यपि ‘वेद’, ‘स्वामी विवेकानन्द’ जस्ता नाम उच्चारण गर्न भने ट्रम्पलाई मुस्किल परेको थियो।
‘नमस्ते ट्रम्प’ नाम दिइएको सो कार्यक्रममा मोदी र ट्रम्प दुवैले अमेरिका र भारत एकअर्काका प्रधान साझेदार भएको टिप्पणी गरे। एजेन्सी
Shares

प्रतिक्रिया