नेपाली सुगम गीत संगीतमा निकै सक्रिय गायिका मेनुका राई र रिदम राईको आवाजमा रहेको ‘आज तिम्रो पिरतीमा’ गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा जिवनको प्रेम प्रसंगलाई निकै भावपुर्ण तरिकाबाट ब्यक्त गरिएको छ। प्रेम र समपर्णलाई गीतमा समेटिएको छ। रिदम राईको शब्द गीतमा रहेको छ।
श्री कृष्ण फुयाँलको छायाँकन, मेख बहादुर थापाको सम्पादन तथा जनक कार्कीको निर्देशन भिडियोमा रहेको छ। ‘आज तिम्रो पिरतीमा’ गीतको भिडियोमा सोम लामा र गीता राईको फिचरिङ रहेको छ।

प्रतिक्रिया