ad ad

खेल


टी २० विश्वकप : वर्षाका कारण मैदान चिसो भएपछि टसमा ढिलाइ

टी २० विश्वकप : वर्षाका कारण मैदान चिसो भएपछि टसमा ढिलाइ

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार २१:६, काठमाडौँ

अमेरिकामा सुरु हुन लागेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा वर्षाका कारण मैदान चिसो भएपछि टसमा ढिलाइ भएको छ। डालासमा बिहान पानी परेको थियो। 

सो वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा केहीबेर ढिला भएको छ। नेपाल र नेदरल्याण्ड्सबीचको खेलका लागि निर्धारित समय नेपाली समयअनुसार सवा ९ बजेका लागि तय भएको थियो। 

यद्यपि अहिलेसम्म टस हुन सकेको छैन। अबको २० मिनेटपछि टस हुने बताइएको छ। १० वर्षपछि विश्वकपमा सहभागी भएको नेपालको पहिलो खेल नेदरल्यान्डससँग हुँदैछ। 

सन् २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छ। 

एसोसियट क्रिकेटमा चिरपरिचित नेपाल र नेदरल्यान्ड्स दुवै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छन्। एसोसियट क्रिकेटको नम्बर १ टोली नेदरल्यान्ड्स नेपालमाथि हावी हुन चाहन्छ। 

यद्यपि युवा खेलाडीले नेपाली टोली उत्साहित छ। विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास खेलेको थियो।

यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .