अर्थमन्त्री वर्षमान पुनले पोहोर आलु, प्याज, स्याउमा लगाएको मूल्यअभिवृद्धि कर (भ्याट) यसपालि हटाएको बारे स्पष्टीकरण दिएका छन्।
अर्थ मन्त्रालयमा पत्रकारहरुसँगको बजेट अन्तर्क्रियामा उनले पोहोर यसमा विरोध भएकाले यसपटक हटाएको बताए।
‘आलु प्याज स्याउमा गत वर्ष भ्याट लगाउँदा धेरै विरोध पनि भएको थियो। हाम्रो आन्तरिक उत्पादनमाथि यसले संरक्षण गरेन, प्रतिस्पर्धी हुन सक्दैन, खरिद गरेरै आयात गरेरै खाने भयौँ भन्नेखालका आरोप थिए’, उनले भने, ‘यसपटक हामीले त्यो भ्याट हटाएका छौँ। यसमा राम्रो प्रतिक्रिया आउने देखेका छौँ।’
त्यसैगरी स्वदेशी उद्योगलाई प्रश्रय गर्न औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनेटरी प्याड, काजु र बदाम, स्पिरिङ पट्टालगायतका केही उत्पादनहरुमा केही दरहरु हटाएको उनको भनाइ छ।
75
Shares
प्रतिक्रिया