ad ad

कारोबार


अर्थमन्त्रीको स्पष्टीकरण : स्पन्ज आइरनको महसुलमा विगतको विचलन सुधार्‍यौँ

अर्थमन्त्रीको स्पष्टीकरण : स्पन्ज आइरनको महसुलमा विगतको विचलन सुधार्‍यौँ

नेपालखबर
जेठ १६, २०८१ बुधबार १४:१८, काठमाडौँ

स्पन्ज आइरनमा भन्सार महसुल बढाएको विषयमा अर्थमन्त्री वर्षमान पुनले विचलन सुधारेको प्रतिक्रिया दिएका छन्।

अर्थमन्त्री पुनले विगतमा भएका विचलनलाई सुधार्दै महसुलमा फेरबदल गरिएको बताए।

अर्थमन्त्री पुनले सबै उद्योगलाई संरक्षण गर्ने उद्देश्यले स्पन्ज आइरनको भन्सार महसुल १ प्रतिशतबाट २.५ प्रतिशत पुर्याएको बताए। 

उनले भने, ‘सबैकच्चा पदार्थ ल्याएर यही तयार गरिन्छ  र यसमा कसलाई प्राथामिकता दिने भन्ने विषयमा कच्चा पदार्थलाई सबैभन्दा तल त्यसपछि स्पन्ज आइरन र त्यसपछि ब्लेडलाई राख्ने योजनाअनुसार हामीले कर हेरफेर गरेका हौँ।’

आर्थिक विधेयक २०८१ ले १ प्रतिशत लाग्दै आएको स्पन्ज आइरनको भन्सार महसुल २.५ प्रतिशतमा पुर्याएको थियो।

यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले मेल्टिङ उद्योगमा लाग्ने कच्चा पदार्थमा १ प्रतिशतसम्म भन्सार महसुल लाग्ने व्यवस्था गरेका थिए। सो व्यवस्थालाई अर्थमन्त्री पुनले उल्ट्याएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .