ad ad

कारोबार


नयाँ राइड सेयरिङ ‘जुमजुम’ सञ्चालनमा, यस्ता छन् आकर्षक सुविधा

नयाँ राइड सेयरिङ ‘जुमजुम’ सञ्चालनमा, यस्ता छन् आकर्षक सुविधा

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १४:४८, काठमाडौँ

नेपाल मोबिलिटी सोलुन्सन्सले नयाँ राइड सेयरिङ प्लेटफर्म जुमजुम सञ्चालनमा ल्याएको छ।

कम्पनीले एक ब्रान्डको रूपमा जुमजुम आफ्ना ग्राहकहरूको सहज र सुविधायुक्त यात्राका लागि ल्याएको जनाएको छ। 

जुमजुम नेपाली कम्पनी एफवान सफ्ट ग्रुपको विज्ञहरुद्वारा समर्थित र पिकमिले विकास गरेको एप हो। 

कम्पनीका अनुसार यसले नेपालको यातायात क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याउनुको साथै नेपाली यात्रुहरूको आवश्यकताबमोजिम सुविधा प्रदान गर्ने अपेक्षा राखेको छ।

एफवान सफ्टका प्रमुख कार्यकारी सुवास शर्माले जुमजुमलाई पनि राइड सेयरिङ सेवाको रूपमा आफ्नो इकोसिस्टममा समावेश गर्ने बताए। 

यसमा प्रयोगकर्तामैत्री इन्टरफेस छ। जुमजुम एपमार्फत यात्रुहरूले आफ्नो स्मार्टफोनमा केही क्लिकमै  सवारी बुक गर्नुको साथै रियलटाइम ट्रयाकिङले सवारीहरूलाई व्यवस्थित र निगरानीको साथ झन्झटरहित यात्राको अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ। 

जुमजुमले ड्राइभरहरूको लागि प्रमाणीकरण प्रक्रियाहरू र एपभित्र सुरक्षा उपायहरूको साथ यात्रुहरुको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

यसमा इसेवाबाट सजिलै भुक्तानी गर्न मिल्छ भने एकैपटक धेरै सवारी बुक समेत गर्न सक्छन्। सुरक्षालाई प्राथमिकता दिँदै जुमजुमले यात्रु र चालक दुवैका लागि ५ लाखसम्मको बीमा प्रदान गर्नेछ। 

जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्तावको साथ यात्रुहरूको लागि बचतमा जोड दिएको छ। चालकहरूले १ हजार रुपैयाँ ज्वाइनिङ बोनससहित आकर्षक बोनसहरूबाट लाभ उठाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

प्रारम्भिक दुई हप्ताको लागि शून्य प्रतिशत कमिसन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जति धेरै राइड त्यति कम कमिसनको योजना ल्याएको छ। साथै चालकहरु दैनिक बोनस २ हजार रुपैयाँसम्म कमाउन समेत सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .