ad ad

समाज


कठिन समयमा नेपाल र नेपालीको समर्थनमा सधैँ हुन्छौँ : अमेरिकी दूतावास

कठिन समयमा नेपाल र नेपालीको समर्थनमा सधैँ हुन्छौँ : अमेरिकी दूतावास

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १४:५०, काठमाडौँ

नेपालस्थित अमेरिकी राजदूतावासले कठिन समयमा नेपाल र नेपाली जनताको समर्थनमा सधैँ साथ रहने बताएको छ। 

आइतबार सन् २०१५ को भूकम्पपछि घाइते पाँच नेपाली नागरिकको मेडिकल उद्दारका क्रममा ज्यान गुमाएका ६ अमेरिकी मरिन र दुई नेपाली रेन्जरको सम्झनामा आयोजित विशेष माल्यार्पण कार्यक्रम राखेको थियो। 

अमेरिकी दूतावासले नेपाली सेनाको संग्रहालयमा आयोजति उक्त कार्यक्रममा का लागि अमेरिकी राजदूत डी.आर थम्पसन पनि सहभागी थिए।

माल्यार्पण कार्यक्रमपछि राजदूतावासले भनेको छ, ‘उहाँहरूको शोक र सम्मान जारी राख्दै हामी उहाँहरूले सुरु गर्नु भएका महत्त्वपूर्ण कामलाई जारी राख्छौं र कठिन समयमा नेपाल र नेपाली जनताको पुन:प्राप्तिलाई समर्थन र विपद् जोखिम न्यूनीकरण प्रयासहरूमा नेपालसँग साझेदारी गर्छौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .