ad ad

कारोबार


निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो : अध्यक्ष सिंह

निर्माण व्यवसायीहरूलाई राज्यबाटै कमजोर पारियो : अध्यक्ष सिंह

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १४:५५, काठमाडौँ

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुलाई राज्यबाटै कमजोर पारिएको आरोप लगाएका छन्।

जनकपुरधाममा मधेस प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अवस्थामा पुगेको आरोप लगाएका हुन्।

कोरोना संक्रमणको समयमा प्रत्येक क्षेत्र प्रभावित भएको तर सरकारले निर्माण व्यवसायलाई मध्यम प्रभावित क्षेत्रमा राखेर कुनै प्रकारको सहुलियत नदिँदा कतिपय निर्माण व्यवसायीहरुको अवस्था नाजुक भएको बताए।

‘सबैभन्दा प्रभावित उद्योगहरुमा निर्माण उद्योग पनि भयो भनेर सरकारलाई भनेका छौँ। गभर्नरलाई पनि भेटेर भनेका छौँ। तर निर्माण उद्योगलाई मध्यम प्रभावितमा राखेर उहाँहरुले यसलाई बाहिरको लोनलाई म्याद थप गर्नेमा मात्रै सिमित राख्नुभयो। हामीले उहाँहरुसँग कुनै अनुदान मागेका थिएनौँ,’ उनले भने, ‘हामीले उहाँहरुलाई के भनेको थियौँ भन्दा कोभिडको कारणले २ वर्षसम्म निर्माणको गति अघि बढाउन सकेनौँ हामीलाई नगद प्रवाह गरिदिन अनुरोध गरेका थियौँ तर स्वीकार्नुभएन। त्यसको प्रभाव मुलुकको निर्माण व्यवसाय धरासायी भयो।’

राज्यले उक्त समयमा ब्याजदरमा सहुलियत तथा समय सीमा थप गरेको भए निर्माण व्यवसाय धारासायी नहुने बताउँदै उनले समृद्धिको संवाहक निर्माण व्यवसायी भएपनि सरकारका नीति,नियमहरू समायानुकुल नहुँदा थप जटिलता देखिएको पनि बताए। 

‘अहिले मुलुकको उद्योग सञ्चालनमा छैन। मुलुकको निर्माण उद्योगलाई सरकारले तत्कालीन अवस्थामा राष्ट्र बैंकले प्राथमिकतामा नराखेका कारण के भयो भन्दा हाम सक्रिय र चलायमान हुन सकेनौँ। अन्य उद्योगहरु पनि पूर्ण रुपमा चलायमान भएन। त्यसकारण देशमा अन्य उद्योगहरु पनि ३० देखि ३५ प्रतिशत सञ्चालन भइरहेको छ। अहिले राज्यले महशुस गरेको छ। निर्माण उद्योग सञ्चालन हुन नसक्दा मुलुकको अर्थतन्त्र संकटमा परेको छ।’

निर्माण उद्योगहरूको मुल समस्या ‘लो बिड’ रहेको टिप्पणी गर्दै उनले समयमा काम नगर्ने र गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीको साथमा महासंघ नरहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .