ad ad

कारोबार


एनआईसी एसिया बैंकको सपोर्ट सेवा सुरु

एनआईसी एसिया बैंकको सपोर्ट सेवा सुरु

नेपालखबर
असार १६, २०७६ सोमबार ११:३२,

 एनआईसी एसिया बैंकले एनआईसी एसिया सपोर्ट सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा सुरु गरेको बैंकले जनाएको छ।

यो सेवाको माध्यमबाट एनआईसी एसिया सपोर्ट पेजमार्फत बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी गुनासो सुनुवाइ गरिने तथा अन्य बैंकसम्बन्धी सूचना सम्प्रेषण गरिने बैंकले जनाएको छ। सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाइभ च्याटमार्फत सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत सुझावसमेत राख्न सकिनेछ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको बैंकले दाबी गरेको छ।

बैंकको देशभर २ सय ८५ शाखा कार्यालयहरु, २ सय ९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिंग इकाइ रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .