कारोबार


सेयरबजारले ‘कमब्याक’ गर्ने संकेत, पहिलो दिन नै ४ अर्ब बढीको कारोबार

सेयरबजारले ‘कमब्याक’ गर्ने संकेत, पहिलो दिन नै ४ अर्ब बढीको कारोबार

नेपालखबर
चैत २५, २०८० आइतबार १५:२१, काठमाडौँ

साताको पहिलो दिन सेयरबजारले ‘कमब्याक’ गर्ने संकेत दिएको छ। 

गत साता सुस्त देखिएको बजारमा सूचक र कारोबार रकम बढेको छ। 

बजार परिसूचक नेप्से २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेको हो। जुन आज बजार खुलेयताकै उच्च विन्दु हो। सूचकले २००१.०५ को न्यून विन्दु छोडेर यो उचाइ पाएको हो। 

दिनभरिमा १.१३ प्रतिशतले बढेको बजारमा कारोबार रकमले पनि राम्रो संकेत गरेको छ। आइतबार कारोबार रकम नै ४ अर्ब नाघेको छ। अर्थात् ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ रुपैयाँको कारोबार भएको छ। 

अन्य दिनको तुलनामा पहिलो कारोबार दिन सेयर कित्ता बिक्री संख्या समेत करोड नाघेको छ अर्थात् १ करोड १२ लाख १० हजार १०२ कित्ता बिक्री भएको छ। 

योसँगै १९० कम्पनीको सेयर मूल्य बढेको छ। त्यसमा पनि ८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढ्दा ४ वटाको १० प्रतिशतले बढेको छ। त्यस्तै एक कम्पनीको सेयर १० प्रतिशतले घटे पनि अन्य गिरावट दर अधिकतम ४.३५ प्रतिशत मात्र छ। जुन बजारका लागि राम्रो सुरुवात हो। 

आज होटल र व्यापार समूहको उपसूचक झिनो दरले घटे पनि बाँकी सबै हरियो छन्। बीमा, विकास बैंक र उत्पादन समूहले आज नेप्सेको दोहोरो बढोत्तरीमा योगदान गरेको देखिएको छ। 

कारोबारतर्फ आज एउटै कम्पनीको ९५ करोडको किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर उक्त परिमाणमा कारोबार हुँदा आज कारोबार रकमलाई माथि पुर्‍याउन सहयोग पुगेको छ। 

शीर्ष ५ सेयर कारोबार तालिकामा हेर्नुहोस्- 

सर्वाधिक बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
नेपाल फाइनान्स ४२३.५० १०
पोखरा फाइनान्स ४३२.३० १०
जानकी फाइनान्स ४२०.२० १०
गुराँस लघुवित्त २१७३.६० १०
मानुषी लघुवित्त १२०७.५० ९.९९

सर्वाधिक घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
तारागाउँ रिजेन्सी होटल ७९२ -१०
कालिका लघुवित्त ७७१ -४.३५
ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ ८.१४ -३.१०
सूर्यज्योति लाइफ इन्स्योरेन्स ४९९.८० -२.७६
गणपति लघुवित्त ११५६.५० -२.५४

सर्वाधिक कारोबार भएका ५ सेयर

कम्पनी कारोबार भएको रकम (रु)
एनआरआईसी संस्थापक सेयर ९५२००००००
गुर्खाज फाइनान्स १९०४८९८२९
सूर्यज्योति लाइफ इन्स्योरेन्स ११२९७९९६३
सर्वोत्तम सिमेन्ट ९९३९४७९७
नेपाल फाइनान्स ८७९००१५७

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .