कारोबार


पाँचै दिन घट्यो सेयरबजार, अन्तिम दिन लघुवित्तका लगानीकर्ताले कमाए धेरै

पाँचै दिन घट्यो सेयरबजार, अन्तिम दिन लघुवित्तका लगानीकर्ताले कमाए धेरै

नेपालखबर
चैत २२, २०८० बिहिबार १५:१६, काठमाडौँ

सेयरबजार पाँचै कारोबार दिन घटेको छ। 

बिहीबार पनि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकिएको हो। 

यसअघि बुधबार ३.४३ अंकले, मंगलबार १.८५ अंकले, सोमबार ६.२६ अंकले र आइतबार १७.३० अंकले बजार घटेको थियो। 

अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकम भने केही वृद्धि देखिएको छ। साताको अन्तिम कारोबार दिन ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको ५। 

६९ लाख ६३ हजार ३ सय ५९ कित्ता बिक्रीपछि उक्त परिमाणको कारोबार भएको नेप्सेले जनाएको छ। 

योसँगै आजको कारोबारमा सामेलमध्ये १०६ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

 बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य छन्। 

तालिकामा हेर्नुहोस् शीर्ष ५ सेयर कारोबार 

सर्वाधिक बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
मानुषी लघुवित्त १०९७.८० १०
मनकामना स्मार्ट लघुवित्त ९४९ ९.९९
गुराँस लघुवित्त १९७६ ९.९७
तारागाउँ रिजेन्सी होटल ८८० ९.९०
विन नेपाल लघुवित्त १५३० ९.२१

सर्वाधिक घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
पिपल्स पावर लि ५६४ ७.२४
सर्वोत्तम सिमेन्ट ८४३.१० ५.८५
रिभर फल्स पावर ३७५ ४.०९
इमर्जिङ नेपाल लि ७४८.२० ३.४६
तेह्रथुम पावर कम्पनी ४९९.९० ३.३१

सर्वाधिक कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
गुर्खाज फाइनान्स २३३२९१६१२
शिवम् सिमेन्ट १८३८६७४००
सर्वोत्तम सिमेन्ट १८२४७१५५६
सूर्यज्योति लाइफ इन्स्योरेन्स ६२३०४०४३
सोनापुर मिनरल्स ६०२९३८५३

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .