चालू आर्थिक वर्षको ६ महिनामा नेपालको रेमिट्यान्स (विप्रेषण आप्रवाह) वृद्धिदर झण्डै २९.७ प्रतिशतले घटेको छ। गत वर्ष सोही अवधिमा ३०.२ प्रतिशतले बढेको रेमिट्यान्स यो वर्ष ०.९ प्रतिशतले मात्रै बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त अवधिमा विदेशबाट नेपालमा ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १७.६ प्रतिशतले बढेको थियो।
वैदेशिक रोजगारीमा जानेको संख्याको दर पनि चालू आर्थिक वर्षमा केही कमी भएको तथ्यांकले देखाएको छ।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ महिना अवधिमा १७.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.३ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.५ प्रतिशतले बढेको थियो ।
Shares

प्रतिक्रिया