ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ राष्ट्रिय धान दिवस मनाएको छ। बैंकले राजधानीको टोखा नगरपालिका वडा नं. १ स्थित झोर महांकालमा रोपाइ गरी धान दिवस मनाएको हो। कृषिप्रधान देशमा धान दिवस मनाउने परम्परालाई जगेर्ना गर्न धान दिवसलाई उत्सवका रूपमा मनाइएको बैंकको भनाइ छ।
रोपाइमा बैंकका कर्मचारी तथा स्थानीयको बाक्लो उपस्थितीे रहेको थियो। कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले धान रोपाइ र यसको महत्व बारे प्रकाश पारेका थिए। यसैगरी बैंकका नायब महाप्रबन्धक आरती राणाले कृषि प्रधान देशमा धान दिवस मनाउने परम्परालाई बैंकले उत्सवका रूपमा मनाउने गरेको बताइन्।

यस्तै वडाध्यक्ष श्रीकृष्ण अधिकारी र वडा सचिव नवराज दुलालले बैंकले कृषिलगायत अन्य उत्पादन मुलक क्षेत्रमा दुर दराजसम्म गरेको सहयोग र लगानीको प्रशंसा गरे। धान दिवसकै अवसरमा धापासीस्थित शाखा कार्यालयबाट झोरसम्म साइकलयात्राको आयोजना गरिएको थियो। साइकलयात्रामा करिब ५ दर्जन व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यस्तै दिवसकै अवसरमा झोरमै रहेको शाखारहित बैंकिङ सेवाका सञ्चालक राम शरण दुलाललाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया