प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप थप खर्च दिन नसकिने बताएका छन्।
नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापनमा सुधार नभएसम्म सरकारले आर्थिक सहयोग गर्न नसक्ने बताएका हुन्।
निगमले सञ्चयकोष लगायतका ऋण तिर्नका लागि सरकारसँग रकम माग गरेको थियो। निगम ३७ अर्ब घाटामा रहेको भन्दै सरकारसँग माग गरेको हो। प्रधानमन्त्री ओलीले निगम आफैले पैसा कमाउने गरी योजना ल्याउनुपर्ने बताए। उनले निगमलाई अहिले पैसा दिए अर्को वर्षपनि दिनुपर्ने अवस्था आउने भन्दै उले सही व्यवस्थापन थगरेर अगाडि बढ्न निगमलाई निर्देशन समेत दिए,। ‘अहिले ३७ अर्ब दियो भने अर्को वर्ष पनि दिनुपर्छ । त्यसैले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्छ’, उनले भने, जहाजले होइन, हाम्रो कारण नोक्सान भएको छ।’
उनले साग बेच्नेले त कर तिर्न सक्ने भन्दै निगमको व्यवस्थापन सहि नहुँदा माग्ने अवस्थामा पुगेको बताए। ‘साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन?’, निगममाथि प्रश्न गर्दै प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले जाहाज भए पनि पाइलट र गन्तव्यको अभावका कारण थन्किने अवस्थामा पुगेको बताए। ‘जहाज छन् तर उडाउने पाइलट छैनन्, गन्तव्य छैन’, उनले भने, ‘ भद्रगोल व्यवस्थापन छ। यदि नसक्ने हो भने रणनीतिक साझेदार ल्याउन पर्यो। आफैं सक्ने भए छिटो गर्नु पर्यो।’
राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने र आँखा चिम्लेर पैसा दिन्छ भन्ने भ्रममा नपर्न व्यवस्थापनलाई प्रधानमन्त्री ओलीको आग्रह थियो। नेपाल एयरलाइन्सको सफल सञ्चालनका लागि सरकारले जुनसुकै हस्तक्षेप गर्ने उनले चेतावनी दिए।
पर्यटनमन्त्री समेत रहेका ओलीले भने, ‘६१ वर्षको अवधिमा उन्नति प्रगति कति भयो? ३९ अर्ब ऋण छ। यो दान पूण्यको मात्र क्षेत्र होइन। नाम सेवा निगम भए पनि व्यापार हो। निःशुल्क स्वास्थ्य शिविर राखेजस्तो होइन।’
उनले उडाउनुपर्ने गन्तव्य छोडेर गलत ठाउँमा उडान खोजिएको भन्दै एयरलाइन्स व्यवस्थापनलाई उनले सचेत गराएका छन्। सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मा एयरलाइन्सले पूर्ण क्षमतामा जहाज उडाउनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया