कारोबार


सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी योजना

सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी योजना

नेपालखबर
फागुन १, २०७६ बिहिबार १२:१३,

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ। यो छुट योजना बिहीबारदेखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले जनाएको छ।

यस योजनामा ग्राहकहरुले निम्न वमोजिम विभिन्न छुटहरु पाउन सक्नेछन्। जसमा दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा हरेक आइतबार १५५ सम्म अधिकतम रू ५ सय छुट, पहिलो दुई पटक रु १ हजार वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५ सय क्यास ब्याक, पहिलो दुई पटक रु १ हजार वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा रु ३ सय ८२ क्यास ब्याक गरिनेछ।

यस्ता छुट र क्यास ब्याक अफर योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र अनलाइन कारोकारलाई अझै प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ। आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ।

बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय र सहज बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad