ad ad

कारोबार


नबिलका सीईओ ढुंगाना भन्छन् : अर्थतन्त्रमा सुधार नभए बैंकहरूले अर्को वर्ष लाभांश दिन सक्दैनन्

नबिलका सीईओ ढुंगाना भन्छन् : अर्थतन्त्रमा सुधार नभए बैंकहरूले अर्को वर्ष लाभांश दिन सक्दैनन्

नेपालखबर
फागुन ६, २०८० आइतबार १५:३५, काठमाडौँ

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्। 

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आइतबार आयोजना गरेको नीतिगत बहस कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन्। 

सीईओ ढुंगानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको बताउँदै त्यसको प्रभाव बैंकमा पनि परिरहेको उल्लेख गरे।

अहिले बजारमा खरिद-बिक्रीदेखि उधारो उठ्ने काम सुस्ताएको बताएका ढुंगानाले समग्र अर्थतन्त्रमा नै समस्या देखिएको पनि बताए। 

त्यसका कारण बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको उनले बताए। अर्थतन्त्रमा सुधार नभए बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्नेतर्फ पनि उनले सचेत गराए।

अहिले मुलुकमा पुँजीगत खर्च बढाउनेभन्दा बजेट घटाउने परिपाटी सही नभएको उनको भनाइ छ। 

यसले अर्थतन्त्र सकारात्मक गतिमा नजाने उनले बताए। साधारण खर्चकै लागि ऋण उठाउनु पर्ने स्थितिले अर्थतन्त्र सहज नभएको बुझ्न सकिने उनले उल्लेख गरे। 

महिला आर्थिक पत्रकारिता संघकी अध्यक्ष शर्मिला ठकुरीले महिलाको क्षमता विकासमा सहयोग गर्न कार्यक्रम गर्न लागिएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .