ad ad

कारोबार


कार्यवाहक गभर्नर भन्छिन्- ऋण लिएपछि तिर्नुपर्छ

कार्यवाहक गभर्नर भन्छिन्- ऋण लिएपछि तिर्नुपर्छ

नेपालखबर
फागुन ६, २०८० आइतबार ११:४४, काठमाडौँ

नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्। 

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन्।

यद्यपि छिमेकी देशहरुको तुलनामा नेपालको निष्क्रिय कर्जा (एनपीएल) कम नै रहेको उनको भनाइ थियो। 

नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठीक हुने ढुंगानाले बताइन्। 

पुँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .