ad ad

राजनीति


आज बसेको समाजवादी मोर्चाको बैठकले के के निर्णय गर्‍यो?

आज बसेको समाजवादी मोर्चाको बैठकले के के निर्णय गर्‍यो?

नेपालखबर
फागुन ६, २०८० आइतबार ११:४९, काठमाडौँ

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चा सोचेजति प्रभावशाली हुन नसकेको यसकै नेताले बताएका छन्। 

आज बिहान बालुवाटारमा संयोजक माधव नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले सो निष्कर्ष निकालेको हो। बैठकले मोर्चाको संयोजक परिवतर्न गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई चयन गर्ने निर्णय पनि गरेको छ।  

आजको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्षम उपेन्द्र यादव भने उपस्थित भएका थिएनन्। 

बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘मुख्य रूपमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समीक्षा भयो। थुप्रै चुनौती छन्, यिनको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ, मोर्चालाई जति गतिशील र प्रभावकारी बनाउनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन। आगामी दिनमा यसलाई प्रभावशाली ढंगले सशक्त बनाउने भन्ने कुरा भएको छ। त्यसका लागि शीर्ष नेताबीच घनिभूत रूपले छलफल, सरसल्लाह र परामर्श बढाउनुपर्छ भन्ने छलफल भएको छ। आज उपेन्द्रजी (उपेन्द्र यादव) आउनुभएन। उहाँको उपस्थितिमा फेरि एकपटक छलफल गर्नुपर्छ भन्ने भयो। दोस्रो कुरा आलोपालो गर्ने कार्यविधिअनुसार मोर्चाको संयोजकमा विप्लवलाई चयन गर्ने निर्णय भएको छ। संयोजक परिवर्तन भएको स्थितिमा कार्यक्रमहरू जनपरिचालन, जनसहभागिताका कार्यक्रम गर्दै जाने निर्णय भएको छ। छिट्टै बैठक बसेर कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा निर्णय हुनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .