ad ad

कारोबार


एनआईसी एशियाको ‘मो-बैंक’ प्रयोगकर्तालाई सोल्टीमा निशुल्क डिनर

एनआईसी एशियाको ‘मो-बैंक’ प्रयोगकर्तालाई सोल्टीमा निशुल्क डिनर

नेपालखबर
माघ २७, २०७६ सोमबार १५:५५,

एन आई सी बैंकले भ्यालेन्टाइन डे लक्षित गरि बैंकको मो–बैंकिङ्ग एप मोबाइल बैंक मार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ।

जसअन्तर्गत माघ २८, २९ र ३० गतेसम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप ‘मो–बैंक’कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन्। यस बैंकको मोबाईल बैंकिङ्ग एप ‘मो–बैंक’मार्फत कुनै पनि भुक्तानी जस्तै क्यू आर पेमेन्ट बिजुली बिल भुत्तानी, मोबाइल टप अप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ।

तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन। यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जिने ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ। डिनर जिने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन्।

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ। यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ।

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ। साथै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न अबकज दबअप अफर नियमित रुपमा दिइरहेको छ। यस बैंकको ‘मो–बैंक’ मार्फत एनटीसी एनसेल टपअप गर्दा ३ प्रतिशत क्यासब्याक तथा हरेक बुधबार दराजडटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक हरेक शुक्रबार ह्याप्पी आवरमा एपमार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म र सामसुङ ग्यालेक्सी एस१ं०ं तथा नोट १०ं खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .