ad ad

राजनीति


हुवेईका ६ सहरका नेपाली वुहानमा जम्मा गरि जहाजमा काठमाडौं ल्याउने तयारी पूरा

हुवेईका ६ सहरका नेपाली वुहानमा जम्मा गरि जहाजमा काठमाडौं ल्याउने तयारी पूरा

नेपालखबर
माघ २७, २०७६ सोमबार १६:४,

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।

स्वस्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल र चीन दुवैतर्फ आवश्यक तयारी पूरा भएको बताए।

‘नेपाल र चीन दुवैतर्फ तयारी सकिएको छ। मिति भने तोकिसकिएको छैन,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘हुबेई प्रान्तको ६ वटा सहरका नेपालीलाई हामीले ल्याउने छौँ। यो काम दुईचार दिनभित्र हुनेछ।’

उनले हुबेई प्रान्तका अन्य सहरबाट नेपालीहरुलाई वुहानसम्म ल्याउने गाडीको बन्दोबस्त पनि भइसकेको उनले बताए।

सरकारले चीनबाट ल्याएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्न चार वटा स्थान तय गरेको छ। ‘चारै स्थानमा खाने र बस्ने व्यवस्था भइसकेको छ,’ श्रेष्ठले भने, ‘सो स्थानमा स्वास्थ्यकर्मीहरुले नियमित रुपमास्वास्थ्य परीक्षण गर्ने छन्।’

यो कामका लागि ६० जना स्वास्थ्यकर्मीहरुलाई सोमबार महामारी तथा रोग नियन्त्रण विभागको तालिम केन्द्रमा अभिमुखीकरण कार्यक्रम गरिएको छ।

‘सबै क्वारेन्टाइनमा एकएक जना चिकित्सकको व्यवस्था गरेका छौं,’ श्रेष्ठले भने।

चीनबाट फर्काइएकाहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मार्गनिर्देशनअनुसार कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने तयारी छ।

फर्काइएका नेपालीमा कोरोना भाइरससम्बन्धी लक्षण देखिएमा उपत्यकाका विभिन्न अस्पतालमा बनाएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ। जसका लागि टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल तथा वीर अस्पतालमा ४३ वटा बेड तयार गरिएको छ।

‘उपत्यकाका सबै सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना भाइरस सम्बन्धी उपचारको योजना माग गरेका छौं,’ श्रेष्ठले भने।

सरकारले कोरोना भाइरसको महामारीपछि ठप्प रहेको हुबेई प्रान्तमा रहेका एक सय ८० नेपालीलाई उद्धार गर्न लागिएको हो।

सरकारले उद्धारका लागि नेपाल एयरलाइन्सको वाइड बडी विमान पठाउने तयारी गरेको छ। ‘विमानमा पनि नेपाली स्वास्थ्यकर्मीको टोली पठाउने छौं,’ श्रेष्ठले भने।

वुहानमा रहेका नेपालीको उद्धारमा चासो नदेखाएको भन्दै सरकारको आलोचना हुन थालेको छ। त्यहाँ रहेका नेपालीका आफन्तले उद्धारको पहल गरिदिन सरकारसँग आग्रह गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .