ad ad

कारोबार


मुस्ताङको शिन्ता मणि नेसनल ज्योग्राफिकको उत्कृष्ट होटल सूचीमा

मुस्ताङको शिन्ता मणि नेसनल ज्योग्राफिकको उत्कृष्ट होटल सूचीमा

तस्बिर सौजन्य : नेसनल ज्योग्राफिक


नेपालखबर
माघ १७, २०८० बुधबार १३:३५, काठमाडौँ

नेपालको शिन्ता मणि मुस्ताङ, अ बेन्स्ली कलेक्सन नेसनल ज्योग्राफिकको उत्कृष्ट होटल सूचीमा परेको छ। 

नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘बेस्ट अफ दि वर्ल्ड’ अन्तर्गत ‘२०२४ का उत्कृष्ट नयाँ होटल’ मा शिन्ता मणि अटाएको हो।

सो सूचीमा विश्वभरका २२ वटा होटल परेका छन्। एसियाबाट शिन्ता मणि परेको हो।

‘शिन्ता मणिको सर्वसमावेशी लजका पाहुनालाई गाइडसँग सम्पर्क गराइन्छ। जसले तिनलाई नेपालको तल्लको मुस्ताङ क्षेत्रको पर्वत र मरुभूमिले ढाकिएको परिदृश्यबीच रोमाञ्चक यात्रामा लैजान्छन्,’ यो होटलबारे नेसनल ज्योग्राफिकले भनेको छ, ‘शताब्दियौँ पुराना गुम्बासम्म बाइक चलाएर जाने, डुम्बा तालसम्म ट्रेकिङमा जानेजस्ता अनुभव लिन सकिन्छ।’

बाग्लुङ गलकोटको ढुंगा र काँचले परारम्परागत नेपाली घरजस्तै भवन तयार गरिएको र पाहुनाघर बाघको छालाजस्तो देखिने गलैँचा तथा प्रचीन वस्तुहरुले सजिएको पनि उल्लेख गरिएको छ।

६० सिटको नीलगिरि रेस्टुरेन्टमा हिमालयन याक मःम र तिब्बती थुक्पाजस्ता परिकार पाइने ज्योग्राफिकको भनाइ छ।

शिन्ता मणि यती समूहअन्तर्गत शेर्पा हस्पिटालिटीको स्वामित्वमा जोमसोममा सञ्चालित होटल हो। यसको व्यवस्थापन भने लक्जरी होटल सञ्चालनमा ख्याति कमाएको शिन्ता मणिले गरिरहेको छ। 

शिन्ता मणि अमेरिकी नागरिकले सुरु गरेको कम्बोडियामा आधारित चर्चित ब्रान्ड हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .