ad ad

ग्लोबल


भ्रष्टाचार मुद्दामा इमरान खान र पत्नी बुशरालाई १४ वर्षको जेल सजाय

चुनावको मुखमा एकपछि अर्को संकट
भ्रष्टाचार मुद्दामा इमरान खान र पत्नी बुशरालाई १४ वर्षको जेल सजाय

नेपालखबर
माघ १७, २०८० बुधबार १३:४६, काठमाडौँ

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको संकट बढ्दै गएको छ।

नवाज शरिफले सत्तामा पुनरागमन तयारी गरिरहँदा इमरानलाई भने एकपछि अर्को मुद्दामा जेलमै सडाउने गरी फैसला भइरहेको छ।

पछिल्लो पटक बुधबार इमरान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ। 

मंगलबार मात्रै इमरान खानलाई पाकिस्तानी अदालतले अमेरिकासँग जोडिएको साइफर मामिलामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

सजाय तोकिएपछि इमरान पत्नी बुशरा बीबीले आत्मसमर्पण गरेकी छन्।

सन् २०२२ मा इमरान खानलाई विपक्षी दलले अपदस्थ गरेर प्रधानमन्त्रीबाट हटाइदिएका थिए। 

उनी यसअघि नै भ्रष्टाचारसँग जोडिएको मुद्दामा दोषी ठहर भएर तीन वर्षको सजाय भोगिरहेका छन्। 

मंगलबार इमरान खानलाई देशको गोप्य सूचना चुहाएको आरोपमा १० वर्ष जेल सजाय भएको थियो। 

तर बुधबार फेरि उनलाई भ्रष्टाचारसँग जोडिएको मामिलामा १४ वर्षको जेल सजाय सुनाइएको हो।

इमरान खानले आफूविरुद्ध चलाइएका मुद्दा राजनीतिबाट प्रेरित रहेको बताउँदै आएका छन्।

इमरान खानलाई यी सजाय पाकिस्तानमा आमचुनावको केही साताअघि भएको हो। इमरान खानलाई चुनाव लड्नबाट यसअघि नै रोक लगाइसकिएको छ।

इमरानलाई अघिल्लो साल अगस्टमा गिरफ्तारीपछि जेलमा राखिएको छ। उनकी पत्नी बुशरा बीबीलाई सुनुवाइका क्रममा तारेखमा राखिएको थियो। 

यी दुवैजनाविरुद्ध इमरान प्रधानमन्त्री रहेका बेला मिलेको उपहारलाई निजी फाइदाका लागि बेचेर भ्रष्टाचार गरेको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .