ad ad

कारोबार


एनसेलको सेयर खरिदबिक्री यथास्थितिमा स्वीकार्य नहुनेः अध्ययन प्रतिवेदन

एनसेलको सेयर खरिदबिक्री यथास्थितिमा स्वीकार्य नहुनेः अध्ययन प्रतिवेदन

नेपालखबर
माघ १५, २०८० सोमबार १९:४७, काठमाडौँ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टंकमणि शर्मा दंगालले प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गरेका हुन्।

प्रतिवेदन पेस गर्ने क्रममा उनले अध्ययनका निष्कर्ष र सुझावबारे ‘ब्रिफिङ’ गरेका थिए। उनले यथाअवस्थामा एनसेलको सेयर खरिदबिक्री स्वीकार्य नहुने निष्कर्ष सुनाएका छन्।

सरकारले गत मंसिर २१ गते एनसेलको सेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो। 

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य थिए।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइए पनि छानबिन नसकिएपछि माघ १५ सम्मका लागि म्याद थप गरिएको थियो।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रकरणमा छानबिन गर्न संसदीय समितिहरूले पनि सरकारलाई निर्देशन दिएका थिए। 

प्रधानमन्त्री प्रचण्डले पनि यो खरिदबिक्री अस्वाभाविक भएकाले छानबिन गर्नुपरेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .