ad ad

समाज


एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ १५, २०८० सोमबार १९:२०, काठमाडौँ

सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न गत मंसिर २१ गते गठन गरेको उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। 

मंसिर २१ को मन्त्रिपरिषद् बैठकले गठन गरेको ५ सदस्यीय छानबिन समितिले सोमबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।

करिब २ महिना लामो छानबिन र अध्ययनपछि प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको समितिका संयोजक एवम् पूर्व महालेखापरीक्षक टंकमणि शर्माले बताए। 

शर्मा संयोजक रहेको समितिका सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले थिए। 

सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद-बिक्रीमा चलखेल गरिएको भन्दै असन्तुष्टि जनाएको सरकारले समिति बनाएको थियो। 

मलेसियाली कम्पनी आजियटाले आफ्नो सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको नाममा रहेको स्पेक्ट्रलाइटलाई बिक्री गरेका थिए। यसलाई लिएर प्रमुख प्रतिपक्षीसहितका दलहरूले आलोचना गरेपछि छानबिन समिति बनेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .