नेपालले ग्लोबल डेन्टरमार्फत खरिद गरेको ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार, ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाह आइपुगेको छ। शुक्रबार कोलकताबाट नेपाल ढुवानी गर्न सुरु गरिएको मन्त्रालयले जनाएको छ।
त्यसमध्ये एक हजार २५० मेट्रिक टन मल शुक्रबार नेपालतर्फ ढुवानी सुरु भएको छ। यो मल करिब चार दिनभित्र नेपाल आइपुग्नेछ।
त्यसबाहेकको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। प्याकेजिङ भएपछि क्रमशः बाँकी मल पनि नेपाल भित्रिने जनाइएको छ।
9
Shares

प्रतिक्रिया