कारोबार


अल्टिमा लाइफस्टाइलको अधिकृत रिसेलर कार्यक्रम सुरु, रिटेलरलाई यस्ता फाइदा

अल्टिमा लाइफस्टाइलको अधिकृत रिसेलर कार्यक्रम सुरु, रिटेलरलाई यस्ता फाइदा

नेपालखबर
साउन १, २०८३ शुक्रबार १७:५५, काठमाडौँ

नेपाली वेयरेबल इलेक्ट्रोनिक्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो अधिकृत रिसेलर कार्यक्रम सुरु गरेको छ। योसँगै कम्पनी अधिकृत रिसेलर कार्यक्रम सञ्चालन गर्ने पहिलो नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड बनेको छ। 

योसँगै रिटेलरहरुले ब्रान्डबाट सिधै खरिदको अवसर पाउने भएका छन्। यसले रिटेलर र ब्रान्ड दुवैलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ। रिसेलरहरुले अब अल्टिमा लाइफस्टाइलका प्रोडक्टहरु प्रतिस्पर्धी मूल्य, बजार समर्थन, व्यवसाय सहायता र फाइदाहरुमा ब्रान्डसँग प्रत्यक्ष जोडिन पाउनेछन्। 

यो कार्यक्रममा आकर्षक पुरस्कार, प्रस्तुतिमा आधारित सहयोग, प्रवर्द्धन र व्यवसाय वृद्धिको अवसर पाइने विशेषताहरु छन्। अल्टिमा लाइफस्टाइलले देशैभर उपस्थितिको लक्ष्य राखेको छ। 

कम्पनीका अनुसार यो कार्यक्रममा फरक व्यवसाय स्केलअनुसारका तीन रिसेलर क्याटेगोरी रहनेछन्। जसमा गोल्ड अथोराइज्ड रिसेलर, डायमन्ड अथोराइज्ड रिसेलर र प्लाटिनम अथोराइज्ड रिसेलर रहनेछन्। 

गोल्डतर्फ हरेक अल्टिमा एसकेयूको कम्तीमा एक युनिट हुनुपर्नेछ भने वार्षिक २० लाख रुपैयाँको खरिद लक्ष्य तोकिएको छ। 

त्यसैगरी डायमन्डतर्फ ५ लाख वा त्योभन्दा बढीको सुरुवाती खरिद र वार्षिक ५० लाख रुपैयाँको खरिद लक्ष्य समावेश छ। प्लाटिनमतर्फ २० लाख वा त्योभन्दा बढीको सुरु खरिद र वार्षिक १ करोड रुपैयाँको खरिद लक्ष्य राखिएको छ। 

हरेकमा पुरस्कृत गर्ने व्यवस्थाका साथै व्यवसाय वृद्धिको अवसर छ भने रिसेलरहरुले अल्टिमाको विस्तारित पोर्टफोलियोमा पहुँच पाउनेछन्। यसले प्रिमियम अडिओ र वेयरेबल उत्पादनहरुमा पहुँचको सुनिश्चितता गर्ने कम्पनीले जनाएको छ। 

यसबाहेक वार्षिक रिवार्ड कार्यक्रम पनि रहेको छ। 
असाधारण व्यावसायिक प्रस्तुति पहिल्याउन अल्टिमाले एउटा एक्सक्लुसिभ वार्षिक रिवार्ड कार्यक्रम पनि ल्याएको छ। यसअनुसार वार्षिक खरिद लक्ष्यप्राप्तिमा सफल हुने वा त्योभन्दा बढी सफल हुने रिसेलरलाई प्रिमियम रिवार्डका लागि योग्य मानिने कम्पनीले जनाएको छ। जसमा थाइल्यान्ड यात्रा, रोयल इन्फिल्ड मोटरसाइकल र ५ लाखसम्मको नगद पुरस्कारको व्यवस्था गरिएको छ। यसमा शर्तहरु लागू हुनेछन्। 

अल्टिमा लाइफस्टाइलका महाप्रबन्धक प्रज्वल ढकालले अधिकृत बिक्रेता कार्यक्रमले कम्पनीको नेपालभरका रिटेलरसँगको लामो सम्बन्धप्रतिको प्रतिबद्धतालाई झल्काउने बताए। 

यस कार्यक्रममा सहभागी हुन चाहनेले ९८०२३६७९०८ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad