कारोबार


चार विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा

चार विकास बैंक र फाइनान्स कम्पनी कारबाहीमा

नेपालखबर
माघ ७, २०८० आइतबार १७:५५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले नियमविपरीत काम गर्ने विकास बैंक तथा फाइनान्स कम्पनीहरूलाई कारबाही गरेको छ।

चालू आर्थिक वर्षको पहिलो  त्रैमासिक अर्थात् असोज मसान्तसम्ममा राष्ट्र बैंकको नियमविपरीत काम गरेकाले ती बैंक तथा फाइनान्स कारबाहीमा परेका हुन्। 

असोज मसान्तसम्म केन्द्रीय बैंकले चारवटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। 

राष्ट्र बैंकले गरिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट र सिन्धु विकास बैंकलाई कारबाही गरेको हो। यस्तै रिलायन्स फाइनान्स कम्पनी पनि कारबाहीमा परेको छ।

सन्तोषजनक नरहेको तथा समग्रमा संस्थाको आन्तरिक नियन्त्रण प्रणाली निकै कमजोर पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ।

राष्ट्र बैंकले रिलायन्स फाइनान्स कम्पनीलाई पनि दुई पटक कारबाही गरेको छ। ती संस्थाबाट ऋणीको व्यावसायिक क्षमताभन्दा बढी हुने गरी नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत कर्जा प्रवाह गरेको, कर्जाको परियोजना सन्तोषजनक नरहेको, संस्थाबाट प्रवाहित कर्जा पुरानो ऋणीको कर्जा चुक्ता गर्न प्रयोग भएको र बाँकी रकम समेत सम्बन्धित परियोजनामा उपयोग नभई जग्गा खरिदका लागि भुक्तानी भएको केन्द्रीय बैंकले जनाएको छ। 

यसका साथै कर्जा प्रदान गर्दा उल्लेख भएको उद्देश्यभन्दा अन्य प्रयोजनमा कर्जाको प्रयोग भई कर्जा दुरुपयोग भएको र परियोजनाको सञ्चालन अवस्था एवम् धितो सुरक्षणको अवस्थितिका आधारमा कर्जा असुरक्षित रहँदाकै अवस्थामा संस्थाको सञ्चालक समितिबाट कर्जा स्वीकृतिको निर्णय गरी निक्षेपकर्ताको हितविपरीत कार्य भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम रिलायन्स फाइनान्सका सञ्चालक समितिलाई नसिहत दिएको जनाएको छ।

यस्तै पुरानो ऋणीको कर्जा चुक्ता गर्न नयाँ दर्ता भएको फर्मको नाममा छोटो समयमा कर्जा स्वीकृत गरी प्रवाह भएको, ऋणीको परियोजना सन्तोषजनक नभएको, कर्जामध्येबाट पुरानो ऋणीको कर्जा भुक्तानी गरी बाँकी रकमसमेत तोकिएको उद्देश्यबाहेक अन्य उद्देश्यमा प्रयोग गरी कर्जा दुरुपयोग भएको केन्द्रीय बैंकले जनाएको छ।

साथै निक्षेपकर्ताको हितविपरीत कार्य भएको र उक्त कर्जाको परियोजना र धितो निरीक्षण गरी कर्जा स्वीकृतिका लागि सञ्चालक समितिलाई सिफारिस गर्ने कार्यमा प्रमुख कार्यकारी अधिकृतको संलग्नता देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम रिलाइन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठलाई नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad