ad ad

कारोबार


अमेरिकी डलरको भाउ बढ्दा यूरो र पाउण्डको भाउ घट्यो

अमेरिकी डलरको भाउ बढ्दा यूरो र पाउण्डको भाउ घट्यो

नेपालखबर
पुस १८, २०८० बुधबार ६:५१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। 

मंगलबारको कारोबार भन्दा आज अमेरिकी डलरको भाउ बढेको छ भने बाँकी अधिकांश विदेशी मुद्राको भाउ घटेको छ। 

मंगलबारको कारोबार भन्दा आज  युरोपियन यूरो, बेलायती पाउण्ड, स्वस फ्रान्क लगायतका विदेशी मुद्राको भाउ घटेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा तोकिएको छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसा थियो।  

हिजो १ यूरोको खरिददर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४७ रुपैयाँ ३३ पैसा थियो। आज १ यूरोको खरिददर १४६ रुपैयाँ २ पैसा र बिक्री दर १४६ रुपैयाँ ६२ पैसा तोकिएको छ। 

त्यसैगरी आजको लागि बेलायती १ पाउण्डको खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३० पैसा तोकिएको छ। 

हिजो बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा थियो। 

त्यसैगरी आजको लागि कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ भने स्वीस फ्रान्क १ को खरिददर १५६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४४ पैसा तोकिएको नेपाल राष्ट्र बैँकले जनाएको छ। 

हिजो स्वीस फ्रान्क १ को खरिददर १५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५८ रुपैयाँ ६० पैसा थियो। 

त्यसैगरी कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् बाँकी विदेशी मुद्राको विनियम दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .