ad ad

कारोबार


सेयरबजार : यी हुन् सकारात्मक सर्किट तहमा कारोबार भएका १० कम्पनी

सेयरबजार : यी हुन् सकारात्मक सर्किट तहमा कारोबार भएका १० कम्पनी

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:४१, काठमाडौँ

साताको अन्तिम कारोबार दिन (बिहीबार) ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। थप पाँच कम्पनीको भने सर्किटकै तहमा कारोबार भएको छ। 

आज बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त, धौलागिरि लघुवित्त, बीपीडब्लु लघुवित्त र चिछुवा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

अर्थात् यी पाँच कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो। 

त्यसैगरी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिका मिडिया, मान्डू हाइड्रोपावर र नेपाल वेयरहाउजिङ कम्पनीको सर्किट लेबलमा कारोबार भएको छ। 

यी कम्पनीको सेयरमूल्य ९.९५ प्रतिशत बढीका दरले बढेको छ। आज अधिकांश लघुवित्त र हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको देखिन्छ।

यो पनि -
सेयरबजारमा ‘करेक्सन’, ३२ अंकले घटे पनि ६ अर्बमाथिको कारोबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .