कारोबार


इफर्मेटिक्स कलेज पोखराका १२२ जना विद्यार्थी दीक्षित

इफर्मेटिक्स कलेज पोखराका १२२ जना विद्यार्थी दीक्षित

नेपालखबर
पुस ३, २०८० मंगलबार १२:४२, काठमाडौँ

इफर्मेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न भएको छ। वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ। समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अर्नस) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासन गरेर जम्मा १२२ विद्यार्थी सहभागी भएका थिए।

सोमबारका आयोजना भएको सो समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लासमय उपस्थिति रहेको कलेजले जनाएको छ।

समारोहमा बीए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने १७ जना र बीएससी (अर्नस) कम्प्युटिङ तह पुरा गर्ने १०५ जना विद्यार्थी गरी जम्मा १२२ जना विद्यार्थी दीक्षित भएका थिए। बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ। कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आईएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ।

यसवर्ष आईएनजी छात्रवृत्तिका लागि विपिन रेग्मी सम्मानित भएका थिए।

समारोहमा आईएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा वेन्डी ब्लोइसी लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो। समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।

सो अवसरमा बोल्दै उनले भने, ‘तपाईंहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ। ज्ञानले जीवनमा ठूलो प्रभाव पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जीवनमा राम्रो परिवर्तन ल्याउँछ।’

आईएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले विद्यार्थीलाई बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .