आज कारोबार सुरुदेखि नै सेयरबजारमा ‘सेलिङ प्रेसर’ देखिँदा सूचक घटेको छ।
कारोबार सुरु भएको आधा घण्टाभित्र सेलिङ चाप उच्च हुँदा बजार १९.०६ अंकले घटेको हो।
यो समाचार तयार पार्दासम्म (१२ः०६ बजे) नेप्से १५.६३ अंकले घटेर १९४८.३४ विन्दुमा छ भने २ अर्ब २० करोडको किनबेच भइसकेको छ।
आइतबार बजार ६ प्रतिशतले बढेर सर्किट लागेसँगै दिनभरको लागि कारोबार स्थगन गरिएको थियो।
आज कारोबार सुरुवातदेखि नै बिक्री चाप उच्च हुँदा बजार घटे पनि कारोबार रकम बढिरहेको छ।
66
Shares
प्रतिक्रिया